Posts

मुख्य समाचार

पार्टी पुनर्गठन कार्यदलमा केपी ओलीले हस्तक्षेप गरे : याेगेश भट्टराई

Image
काठमाडौं, असोज २ । नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनको प्रस्ताव तयार गर्न गठित कार्यदलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्तक्षेप गरेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लबको कार्यक्रममा बोल्दै भट्टराईले कार्यदलको समझदारीअनुसार महासचिव शंकर पोखरेलले प्रतिवेदन तयार गरी सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराएको बताए। तर अध्यक्ष ओलीको असहमतिपछि त्यसबारे छलफल अघि बढ्न नसकेको उनको दाबी छ। भट्टराईका अनुसार त्यसपछि उपाध्यक्ष रामबहादुर थापालाई अर्को प्रतिवेदन तयार गर्न लगाइएको थियो। उनले देशभरका पार्टी सदस्य, प्रदेश कमिटी, जनसंगठन तथा वरिष्ठ नेताहरूबाट संकलित सुझावमा पार्टी पुनर्गठन गर्नुपर्ने आवाज आएको बताए। उनले एमाले यथास्थितिमा रहन नसक्ने भन्दै पार्टीको नीति, संगठनात्मक ढाँचा, कार्यशैली र नेतृत्वको पुनरावलोकन आवश्यक रहेको धारणा राखे। नेतृत्व हस्तान्तरणमार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्ने उनको भनाइ थियो। साथै भट्टराईले वर्तमान सरकार गठन भएको करिब ६ महिना पुग्न लाग्दा सरकारको समग्र गति र मति सही दिशामा नरहेको टिप्पणी ग...

नापजाँचको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

Image
धनुषा, असोज २ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साविक रमदैया भवाडी गाउँपालिका वडा नं. २, ३, ४, ६, ७ र ८ मा स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय परिवारलाई नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको हो। उक्त क्षेत्रमा जग्गाको नापजाँच कार्य २०७४ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा पूरा भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढ्न नसक्दा लालपुर्जा वितरण लामो समयदेखि रोकिएको थियो। रोकिएको प्रक्रिया अघि बढेसँगै अहिले ३८८ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो। लालपुर्जा प्राप्त भएपछि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ। जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएपछि स्थानीय बासिन्दालाई जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुने तथा जग्गासम्बन्धी विवाद समाधानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसअघि धनुषामा ३ हजार ९६६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो।

ट्रम्प-सी भेटवार्तामा एउटा मुख्य मुद्दा एआई

Image
काठमाडौं, असोज २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी सेप्टेम्बर २४ मा हुने शिखर वार्तामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रमुख विषय बन्न सक्ने संकेत देखिएको छ। ह्वाइट हाउसमा हुने भेटवार्तासँगै आयोजना हुने राजकीय रात्रिभोजमा अमेरिकी प्रविधि क्षेत्रका प्रमुख कम्पनीका कार्यकारीहरू सहभागी हुने भएका छन्। ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान, एनभिडियाका सिइओ जेन्सेन ह्वाङ र क्वालकमका सिइओ क्रिस्टियानो आमोन कार्यक्रममा सहभागी हुने पोलिटिकोले जनाएको छ। कार्यक्रमबारे जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै प्रकाशित विवरणअनुसार प्रविधि क्षेत्रका शीर्ष नेतृत्वको सहभागिताले अमेरिका–चीन वार्तामा एआईको विषयलाई थप महत्व दिन सक्ने देखिएको छ। एआईको तीव्र विकाससँगै यसको सुरक्षा, नियमन र सम्भावित जोखिमबारे विश्वव्यापी बहस चलिरहेका बेला ट्रम्प र सीबीच भेट हुन लागेको हो। एआई विकासको गति तथा त्यसका लागि आवश्यक सुरक्षा मापदण्डबारे प्रविधि उद्योगभित्रै पनि फरक धारणा छन्। ओपनएआईका प्रमुख साम अल्टम्यानले अमेरिका र चीनबीच एआई विकास तथा परीक्षणका लागि साझा स...

माथिल्लो त्रिशुली–१ सुरुङबाट ६ जनाको शव फेला

Image
काठमाडौं, असोज २ । रसुवास्थित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको सुरुङभित्रबाट ६ जनाको शव बाहिर निकालिएको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा आयोजनाभित्र थुनिएर ज्यान गुमाएका उनीहरूको शव नेपाली सेनासहितको उद्धार टोलीले खोजीका क्रममा फेला पारेको हो। नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले आयोजनाको अडिट–३ सुरुङभित्र खोजी गर्ने क्रममा ढलानका लागि प्रयोग गरिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा शव फेला पारेको जनाएको छ। सुरुङको संरचना कठिन रहेकाले ग्राइन्डर, ग्यास कटर तथा रोटरी रेस्क्युसहितका प्राविधिक उपकरण प्रयोग गरेर शवहरू बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ। सुरुङभित्र बाक्लो हिलो र लेदोले पुरिएको अवस्थामा थप शवजस्ता आकृतिसमेत देखिएका छन्। त्यसैले उद्धार टोलीले थप खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। यसअघि बाढी आएको २२औँ दिनमा उद्धारकर्मीहरूले चिलिमे जलविद्युत आयोजनाको सुरुङ तथा पावरहाउस क्षेत्रबाट पाँच जनाको शव र एउटा मानव अङ्ग खुट्टा फेला पारी बाहिर निकालेका थिए। भोटेकोशीमा आएको भीषण बाढीका कारण मा...

एमालेमा नेतृत्व हाँक्ने युवा प्रशस्त छन् : क्षितिज थेवे

Image
काठमाडौं, असोज २ । नेकपा एमालेका युवा सांसद क्षितिज थेवेले पार्टीभित्र नेतृत्व सम्हाल्न सक्ने युवा नेताहरू पर्याप्त रहेको बताएका छन्। शुक्रबार सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै थेवेले एमाले व्यवस्थित पार्टी भएकाले नेतृत्वका लागि युवाको कमी नरहेको दाबी गरे। उनका अनुसार पार्टीले लामो समयदेखि युवालाई विभिन्न तहका कमिटीमा समेट्दै आएको छ। थेवेले पार्टी पुस्तान्तरणको प्रक्रियामा रहेको उल्लेख गर्दै एमालेले युवाका लागि विशेष कोटा व्यवस्था गरेर केन्द्रीय, प्रदेश तथा जिल्ला कमिटीमा सहभागी गराउँदै आएको बताए। उनले देशको नेतृत्व गर्न सक्ने युवाहरू एमालेभित्र पर्याप्त रहेको दाबी गरे। युवालाई संगठनको विभिन्न तहमा अवसर दिने विषयमा एमालेले सुरुदेखि नै प्राथमिकता दिएको उनको भनाइ थियो। गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दललाई राजनीति सिकाउन आएको भन्ने अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै थेवेले नयाँ नेताहरूलाई समय दिएर हेर्नुपर्ने बताए। उनले गुरुङ मन्त्री बनेको केही महिना मात्र भएको उल्लेख गर्दै राजनीति बुझ्ने र त्यसबारे सिकाउने अवस्थाबारे अहिले नै निष्कर्ष निकाल्नुभन्दा समयसँगै मू...

राजेन्द्र महतो नेतृत्वको पार्टीबाट नौ नेताको सामूहिक राजीनामा

Image
काठमाडौं, असोज २ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव कुमार झासहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्। उनीहरूले शुक्रबार शान्तिनगरस्थित पार्टीको केन्द्रीय कार्यालय पुगेर आजकै मितिदेखि लागू हुने गरी राजीनामा पत्र बुझाएका हुन्। राजीनामा दिनेमा महासचिव केशव कुमार झासहित केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकज कुमार देव, हि रालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन्। उनीहरूले राजीनामा पत्रमार्फत पार्टी नेतृत्व तथा अध्यक्ष राजेन्द्र महतोको आगामी राजनीतिक यात्राका लागि शुभकामनासमेत व्यक्त गरेका छन्। राजीनामा दिनुको कारणबारे उनीहरूले पुरानो राजनीतिक शैली र पुराना व्यक्तिहरूबाट अब देशको राजनीति अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेको बताएका छन्। महासचिव झाले मातृभूमिको आवश्यकता र वर्तमान परिस्थितिलाई सम्बोधन गर्ने वैचारिकी तथा बलियो अर्थराजनीतिक आधारसहित अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्। राजीनामा दिएका नेताहरूले सामाजिक–सांस्कृतिक चेत...

भोटेकोशी बाढीमा मृतक १ हजार ४१०, ६ हजार १४५ बेपत्ता

Image
काठमाडौं, असोज २ । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै ६ हजार १४५ जना बेपत्ता छन्। प्राधिकरणका अनुसार मृतकमध्ये ३३६ जना महिला र ५४९ जना पुरुष रहेका छन् भने ५२५ वटा मानव अवशेष फेला परेका छन्। बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ७५६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३४४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २९० जना उपचारपछि घर फर्किएका छन्। सुरक्षा निकायहरूले हालसम्म ९ हजार ८२० जनालाई प्रत्यक्ष उपचार सेवा प्रदान गरिसकेका छन्। मृतक तथा बेपत्ताको पहिचानका लागि व्यापक रूपमा डीएनए नमुना संकलन भइरहेको छ। हालसम्म १ हजार २८६ जना मृतक तथा उनीहरूका आफन्तबाट १ हजार ९४४ वटा डीएनए नमुना संकलन गरिएको प्राधिकरणले जनाएको छ। बेपत्ता तथा मृतकका आफन्तले नजिकको जिल्ला प्रहरी कार्यालयमा दुईप्रति फोटो र नाता प्रमाणित कागजातसहित डीएनए परीक्षणका लागि नमुना बुझाउन सक्ने व्यवस्था गरिएको छ। उद्धार गरिएका नागरिकको अस्थायी व्यवस्थापनका लागि २७ वटा होल्डिङ सेन्टर ...

शव नभेटिएपछि कुशको शरीर बनाएर नौ जनाको अन्तिम बिदाइ

Image
रामेछाप, २ असोज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका सिन्धुलीको कमलामाई नगरपालिका–११ का नौ जनाको बिहीबार सामूहिक अन्तिम संस्कार गरिएको छ। लामो समयसम्म खोजी गर्दा पनि उनीहरूको शव फेला नपरेपछि परिवारजनले धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशबाट प्रतीकात्मक शरीर बनाएर अन्तिम बिदाइ गरेका हुन्। कमलामाई नगरपालिका–११ स्थित बिसारेबेँसीमा आफन्त, परिवारजन र स्थानीयवासीको उपस्थितिमा सामूहिक अन्त्येष्टि गरिएको हो। आफ्ना प्रियजनको पार्थिव शरीर नहुँदा पनि परिवारजनले कुशबाट बनाइएको आकृतिलाई नै अन्तिम रूप मानेर श्रद्धाञ्जली अर्पण गरेका थिए। बाढीले प्रियजन गुमाएका परिवारले अन्तिम पटक अनुहार हेर्न, शरीर छुन तथा काँधमा बोकेर घाटसम्म लैजानसमेत पाएनन्। लामो समयसम्म शव भेटिने आशामा रहेका परिवारले अन्ततः प्रतीकात्मक शरीर बनाएर अन्तिम संस्कार गर्नुपरेको हो। सामूहिक दाहसंस्कारमा बाढी प्रभावित परिवारका सदस्य, आफन्त तथा स्थानीयवासी सहभागी थिए। उनीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरे। बाढीमा परी बेपत्ता भई कुशको शरीर बनाएर अन्तिम संस्कार गरिएकामा राजकुमार ...

डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

Image
सुनसरी, २ असोज । इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सडकमा राखिएको डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राई गम्भीर घाइते भएका थिए। उपचारका लागि विराट शिक्षण अस्पताल लगिएका राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका छन्। उनको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको प्रारम्भिक कारण तीव्र गति र मोटरसाइकल अनियन्त्रित हुनु देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ता

Image
काठमाडौं, १ असोज । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएको र ५ सय १५ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त प्रारम्भिक तथ्याङ्क प्रस्तुत गरेको हो। महासङ्घका अनुसार बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण सङ्कलन गर्ने क्रममा यी तथ्याङ्क प्राप्त भएका हुन्। महासङ्घले सम्पर्कविहीन मजदुर तथा हराएका ट्रक र कन्टेनरको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ। भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात तथा ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेकाले वास्तविक क्षतिको यकिन विवरण सङ्कलन गर्नुपर्ने महासङ्घको भनाइ छ। महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले बाढीबाट ढुवानी व्यवसायमा परेको क्षतिको यथार्थ मूल्याङ्कन गरी पीडित व्यवसायी तथा मजदुरलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताएका छन्। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधार तथा अन्य सम्बन्धित विषयमा रायसहित...