करदाता प्रोत्साहन उपहार: आज ३३ विजेता छनोट हुँदै

करदाता प्रोत्साहन उपहार: आज ३३ विजेता छनोट हुँदै

काठमाडौं, १७ सेप्टेम्बर २०२६ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताहरूको छनोट आज गर्ने भएको छ।

विभागका अनुसार भदौ महिनाका प्रत्येक दिनका आधारमा ३१ जना मासिक विजेता छनोट हुनेछन्। उनीहरूले जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यसैगरी, बम्पर उपहारतर्फ २ जना विजेता छनोट गरिनेछ। बम्पर उपहारका प्रत्येक विजेताले जनही १० लाख रुपैयाँ प्राप्त गर्ने विभागले जनाएको छ।

यसअघि रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित गरिएको थियो। स्थगित कार्यक्रम आज सञ्चालन गर्न लागिएको हो।

यससँगै भदौ महिनाका लागि मासिक र बम्पर गरी कुल ३३ जना विजेता छनोट हुनेछन्।