Posts

Showing posts with the label लागुऔषध

२० किलो गाँजासहित १९ वर्षीय युवक विराटनगरबाट पक्राउ

Image
२० किलो गाँजासहित १९ वर्षीय युवक विराटनगरबाट पक्राउ विराटनगर — विराटनगर महानगरपालिका–७ भृकुटी चोकबाट २० किलो गाँजासहित १९ वर्षीय युवक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल मोरङका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले इटहरीतर्फबाट आएको बा ९६ प ४५२५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा दुईवटा कालो झोलामा प्याक गरिएको २० किलो गाँजा बरामद गरेको हो। गाँजा बोकेर मोटरसाइकलमा सवार धनकुटाको सहिदभूमि गाउँपालिका–५ का १९ वर्षीय अजित राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। मोटरसाइकल चालक भने प्रहरी टोलीलाई देखेपछि फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद गाँजा भारततर्फ लैजान लागिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। पक्राउ परेका राई, गाँजा र मोटरसाइकललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ।