Posts

Showing posts with the label राजनीति

एमालेमा नेतृत्व हाँक्ने युवा प्रशस्त छन् : क्षितिज थेवे

Image
काठमाडौं, असोज २ । नेकपा एमालेका युवा सांसद क्षितिज थेवेले पार्टीभित्र नेतृत्व सम्हाल्न सक्ने युवा नेताहरू पर्याप्त रहेको बताएका छन्। शुक्रबार सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै थेवेले एमाले व्यवस्थित पार्टी भएकाले नेतृत्वका लागि युवाको कमी नरहेको दाबी गरे। उनका अनुसार पार्टीले लामो समयदेखि युवालाई विभिन्न तहका कमिटीमा समेट्दै आएको छ। थेवेले पार्टी पुस्तान्तरणको प्रक्रियामा रहेको उल्लेख गर्दै एमालेले युवाका लागि विशेष कोटा व्यवस्था गरेर केन्द्रीय, प्रदेश तथा जिल्ला कमिटीमा सहभागी गराउँदै आएको बताए। उनले देशको नेतृत्व गर्न सक्ने युवाहरू एमालेभित्र पर्याप्त रहेको दाबी गरे। युवालाई संगठनको विभिन्न तहमा अवसर दिने विषयमा एमालेले सुरुदेखि नै प्राथमिकता दिएको उनको भनाइ थियो। गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दललाई राजनीति सिकाउन आएको भन्ने अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै थेवेले नयाँ नेताहरूलाई समय दिएर हेर्नुपर्ने बताए। उनले गुरुङ मन्त्री बनेको केही महिना मात्र भएको उल्लेख गर्दै राजनीति बुझ्ने र त्यसबारे सिकाउने अवस्थाबारे अहिले नै निष्कर्ष निकाल्नुभन्दा समयसँगै मू...

राजेन्द्र महतो नेतृत्वको पार्टीबाट नौ नेताको सामूहिक राजीनामा

Image
काठमाडौं, असोज २ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव कुमार झासहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्। उनीहरूले शुक्रबार शान्तिनगरस्थित पार्टीको केन्द्रीय कार्यालय पुगेर आजकै मितिदेखि लागू हुने गरी राजीनामा पत्र बुझाएका हुन्। राजीनामा दिनेमा महासचिव केशव कुमार झासहित केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकज कुमार देव, हि रालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन्। उनीहरूले राजीनामा पत्रमार्फत पार्टी नेतृत्व तथा अध्यक्ष राजेन्द्र महतोको आगामी राजनीतिक यात्राका लागि शुभकामनासमेत व्यक्त गरेका छन्। राजीनामा दिनुको कारणबारे उनीहरूले पुरानो राजनीतिक शैली र पुराना व्यक्तिहरूबाट अब देशको राजनीति अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेको बताएका छन्। महासचिव झाले मातृभूमिको आवश्यकता र वर्तमान परिस्थितिलाई सम्बोधन गर्ने वैचारिकी तथा बलियो अर्थराजनीतिक आधारसहित अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्। राजीनामा दिएका नेताहरूले सामाजिक–सांस्कृतिक चेत...

देउवालाई गगनको आग्रह– पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गरिदिनुस्

Image
देउवालाई गगनको आग्रह– पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गरिदिनुस् काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी असोज १६ गते हुने पार्टीको महाधिवेशन उद्घाटन गरिदिन आग्रह गरेका छन्। बिहीबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले देउवाले महाधिवेशन उद्घाटन गरिदिए आफूहरूका लागि सम्मानको विषय हुने बताएका हुन्। थापाले पार्टी विधानअनुसार देउवा अब पुनः सभापति बन्न नमिल्ने उल्लेख गर्दै पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्न आग्रह गरे। उनले असोज १६ गते काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन हुने जानकारी दिए। त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशनबाट महाधिवेशन प्रक्रिया सुरु हुने र त्यसपछि नगर, जिल्ला तथा प्रदेश अधिवेशनहरू क्रमशः सम्पन्न गरिने उनको भनाइ छ। सभापति थापाले पार्टीको एकता कायम राख्न सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए। राजनीतिक संवादका क्रममा हुने तिखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिन पनि उनले आग्रह गरे। कांग्रेसलाई एउटै परिवारको रूपमा प्रस्तुत गर्दै थापाले पार्टीभित...

नेपाली कांग्रेसमा एकताका लागि हदैसम्म लचक हुने गगन थापा

Image
नेपाली कांग्रेसमा एकताका लागि हदैसम्म लचक हुने गगन थापा काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै पार्टी एकताका लागि आफू हदैसम्म लचक हुन तयार रहेको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थापाले पार्टीभित्र रहेका आन्तरिक मतभेदलाई थाती राखेर बृहत्तर हितका लागि सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए। उनले अघिल्ला महाधिवेशनमा देखिएका तिक्तता र मतभेदलाई बिर्सेर आगामी महाधिवेशनलाई भव्य र सफल बनाउनुपर्नेमा जोड दिए। महाधिवेशनमा सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो। थापाले निवर्तमान सभापति शेरबहादुर देउवासहित सबै पक्षलाई पार्टी एकता बलियो बनाउन आवश्यक लचकता अपनाउन आग्रह गरे। कांग्रेस सबैको साझा घर भएकाले पार्टीलाई बलियो र एकताबद्ध बनाउनु सबैको दायित्व भएको उनले बताए। उनले पार्टीको विधान र प्रक्रियाअनुसार सबैलाई अधिकार सुनिश्चित गर्दै अघि बढ्ने वातावरण बनाउन आफूहरू तयार रहेको स्पष्ट पारे। सभापति थापाले अहिले आरोप–प्रत्यारोप गर्ने समय नभए...